बिहिबार, जेष्ठ ३१, २०८१
Thursday, June 13, 2024

नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङ बीच सहमति दुवैले गरे क्षमायाचना

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङ बीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ । मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् । दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनमा यस विषयमा विवाद नगर्ने सहमति भएको छ ।

 

सहमति पत्रमा साक्षीका रुपमा मिरुनाका तर्फबाट रामबाबु गुरुङ, दयाहाङ राई, मणीराम पोखरेल, विजय बराल, सञ्जोग लाफा मगर, पशुपति राई र कालीप्रसाद रिजाल छन् । फुर्पाको तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x