बिहिबार, जेष्ठ ३१, २०८१
Thursday, June 13, 2024

रवि लामिछाने र मेयर हर्क साम्पाङबीच भेटवार्ता

  • 2.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.1K
    Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बीच भेटवार्ता भएको छ । धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा बुधबार साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा लामिछानेले साम्पाङलाई औपचारिक रुपमा बधाई तथा शुभकामना दिँदै धरानको विकासका साथै सामान्य राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ ।

 

लामिछानेले नेपाली राजनीतिले परिवर्तन गर्न खोजेको आवाजलाई बुलन्द पार्ने धरान आफ्नो लागि विशेष भएको बताएका छन् । शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीले धरानमा कार्यक्रम गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x