बिहिबार, जेष्ठ ३१, २०८१
Thursday, June 13, 2024

महावीर पुनकी छोरीलाई सुनिल शर्माको मेडिकल कलेजले एमबीबीएस पढाइदिने

  • 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाविर पुनकी छोरी झरना पुनलाई निशुल्क एमविविएस भर्नाको वातावरण मिलाइदिन चिकित्सा शिक्षा आयोगसँग आग्रह गरेको छ ।

केएमसीले शैक्षिक सत्र २०८० को आयोगको एकिकृत राष्ट्रिय परीक्षामा सामेल भई उत्तिर्ण गरेकी पुनलाई एमविविएस विषयमा व्यवस्थापन कोटामा अध्ययन गर्न अवसर प्रदान गरिदिन आग्रह गरेको हो ।

झरनाको मेरिट लिष्टमा ६ हजार ५१८ नम्बर छ । पुनले चिकित्सा शिक्षा आयोगको नीति नियमको परिधिले गर्दा नेपाल भरिका मेडिकल कलेजमा एमविविएस विषयमा भर्ना पाउन कठिन बनेको केएमसीले जनाएको छ ।

केएमसीले आयोगलाई पत्र लेख्दै आयोग समक्ष पुनको भर्ना विषयमा कलेज तथा कलेजको शेयर धनी विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आग्रह गरेको हो ।

महाविर पुनको सम्मान गर्दै केएमसीका पूर्व अध्यक्ष तथा सांसद सुनिल शर्मा उनको छोरीलाई काठमाडौं मेडिकल कलेज वा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल मध्ये कुनै एक कलेजमा व्यवस्थापन कोटा अन्तर्गत छात्राबाससहित अध्ययनमा पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको थियो । सोही अनुसार आयोगबाट भर्नाका लागि आवश्यक अनुकुलता प्रदान गरिदिन अनुरोध गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x