बिहिबार, जेष्ठ ३१, २०८१
Thursday, June 13, 2024

आफ्नै श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

आफ्नै श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ
  • 202
  •  
  •  
  •  
  •  
  •  
  •  
    202
    Shares

धनगढी : कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्या आराृपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिकामा आफ्नै श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ परेका हुन् ।

जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघारीका ३४ वर्षीय बलराम थारु आफ्नै श्रीमती २४ वर्षीया आशिका चौधरीको हत्या गरेको आरोपमा बिहीवार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ।बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए। श्रोत रेडियो एक्टिभ एफएम धनगढी

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x