बिहिबार, जेष्ठ ३१, २०८१
Thursday, June 13, 2024

पत्रकारले राजनितिक प्रतिशोध नराख्न संस्थापक अध्यक्ष पण्डितको आग्रह

पत्रकारले राजनितिक प्रतिशोध नराख्न संस्थापक अध्यक्ष पण्डितको आग्रह
  • 171
  •  
  •  
  •  
  •  
  •  
  •  
    171
    Shares

बाजुरा:  नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डितले महासंघमा राजतिनिक रंग नछर्किन आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवसको अवसरमा आयोजित रक्त समुह पहिचान कार्यक्रममा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

दलिय झुण्ड पत्रकारिताले नागरिकले सहि सुचना नपाउने गरेको र नागरिकले सही सुचना नपाए सुशासन नहुने संस्थापक अध्यक्ष पण्डितले बताउनु भयो । लोकतन्त्र र आमसंचार एक अर्काका परिपुरक भएकाले लोकतन्त्रको रक्षा गर्दै बिकास पत्रकारितामा कलम चलाउनु पर्नेमा जोडदिनु भयो ।

बाजुराको समृद्धी ,विकास र यहाँको चुनौतिका विषयलाई उठान गर्नुपर्नेमा समेत कलम चलाउनु पर्ने उहाँको भनाई छ । पत्रकारहरुले आफ्नो क्षेमता अभिवृद्धी गर्दै अगाडी बढ्नुपर्ने बताउदै जो कोही संचार माध्यामले राजनितिक रंग दिने गरी समाचार सम्प्रेशण नग्रन आग्रह गर्नुभयो ।

नागरिकहरुलाई पत्रकारहरुले सत्यतथ्य समाचार सम्प्रेशण गर्नुपर्ने उहाँको भनाई छ । पछिल्लो समय सामाजिक संजाल फेसबुकले गर्दा पत्रकारहरुलाई हेर्ने दृष्ट्रिकोण फरक भएकाले खोज पत्रकारिता गर्न आबश्यक रहेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन निर्बमान केन्द्रिय सदस्य समेत रहेका पण्डितले देशलाई सुशासन तिर लैजान पत्रकारहरुको अहमभुमिका रहेको बताउनु भयो । आफ्नो पेशा प्रती गफादार बन्न नसक्दा पत्रकार जगत, माथी उठ्न नसक्ने, उहाँले भन्नुभयो । पत्रकारहरुमा राजनितिक प्रतिशोध रहेको उल्लेख गर्दै आगामी दिनमा यो बिषयमा ख्याल गर्नुपर्ने चेताउनी दिनुभयो ।

सुक्रबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले महासंघको ६९ औं स्थापना दिवस मनाई रहँदा राजनितिक प्रतिशोध गरेको उहाँले उल्लेख गर्नुभएको छ । पटक पटक नेपाल पत्रकार महासंघ बाजुरामा राजनितिक प्रतिशोधका आधारमा काम गर्ने गरेको उहाँको भनाई रहेको छ । महासंघलाई चुस्तदुरुस्त बनाई चलायमान बनाउनको साटो राजनितिक रंङ नर्छन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ बाजुराका बरिष्ठ उपाध्यक्ष पदम सिंहको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख अम्मर खड्का,गौमुल गाउँपालिका उपाध्यक्ष सिता थापा,बडीमालिकाका प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन भने सचिव रमित विकले गर्नुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x