बिहिबार, माघ ३०, २०८२
Thursday, February 12, 2026

बाजुरामा विकल्पको राजनीति : रास्वपाबाट हेमराज थापा चुनावी मैदानमा

बाजुरामा विकल्पको राजनीति : रास्वपाबाट हेमराज थापा चुनावी मैदानमा
  • 928
  • 150
  •  
  • 60
  •  
  •  
  •  
    1.1K
    Shares

काठमाडौँ : बाजुरालाई काठमाडौँले आज पनि दुर्गम र विकट भनेर हेर्छ। नक्साको कुनामा परेको जिल्ला जस्तो,समस्या मात्रै भएको ठाउँ जस्तो।त्यही सोचकै कारण बाजुरा पटक–पटक उपेक्षित भयो,आवाज दबाइयो,।तर बाजुरा केवल दुर्गम होइन—यो साहस, संघर्ष र स्वाभिमानको भूमि हो। सम्भावना नै सम्भावनाको जिल्ला हो । बाजुरामा समस्या मात्रै छैनन् सम्भावना पनि छन् ।तर ती सम्भावनाहरु ओझेलमा पारियो । त्यसैले अब बाजुरालाई सिफारिस होइन, संघर्षबाट उठेको नेतृत्व चाहिएको छ।

जो काठमाडौँको चाकरी गर्ने होइन,काठमाडौँलाई जवाफ दिन सक्ने।दुर्गम भनेर हेपिँदा चुप बस्ने होइन,उपेक्षाविरुद्ध उभिन सक्ने,त्यसैले बाजुरालाई हिम्मत बोकेको, इमानदार, सक्षम र अब्बल युवा नेता हेमराज थापा जस्ता युवा चाहिन्छ भन्ने चर्चा हुन थालेको छ । अब बाजुराको आवाज अरू कसैले होइन,बाजुराले नै उठाउने बेला आएको छ । आजका युवाले भाषण होइन, संघर्ष खोज्छन्।सत्ता होइन, साहस खोज्छन्।त्यही साहस, त्यही इमानदारी,त्यही क्षमता र योग्यताको प्रतीक,युवामाझ लोकप्रिय, निडर र सक्षम जुझारु युवा हुन् हेमराज थापा ।हेमराज थापा चिरपरिचित नाम हो।

पछिल्लो पुस्ताका लागि हेमराज थापा सबैको मनमुटुमा बस्न सफल युवा हुन् । जसलान पदको लोभ, न सत्ताको लालसा, केवल देश र जनताको आवाज बोकेर। देशका लागि बोल्दा उनी पटक–पटक कुटिए, यातना भोगे, जेल नेल परे। प्रहरीको कुटाई,यातना र प्रहरी हिरासत त सामान्य विषय जस्तै हो। काठमाडौं आसपास उनी नपुगेका कुनै हिरासत छैनन् । जो अपराध गरेर होईन देश र जनता आवाज बोल्दा,लड्दा पटक-पटक हिरासत पुग्थे ।

तर कहिल्यै चुप बसेनन्, कहिल्यै पछि हटेनन्। दुई दशकसम्म प्रमुख सडक आन्दोलनको अग्रमोर्चामा उभिएर एमसीसीदेखि लिपुलेख–लिम्पियाधुरा–कालापानीसम्म राष्ट्रिय स्वाभिमानको पक्षमा आवाज उठाए। शैक्षिक आन्दोलनदेखि सरकारका बेथितिसम्म सडक नै उनको संसद बन्यो। सडक मार्फत निरन्तर जनताको आवाज बुल्न्द गरिरहे ।

जब कोरोना महामारीले देश थला परेको थियो, जब भूकम्प र संकटले नागरिकलाई बेसहारा बनाएको थियो,त्यही बेला उनी निडर रूपमा जनतामाझ थिए। उनको योगदान यतिमा मात्रै सिमित छैन । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन पहल गरे,पीडामा मलम पट्टी लगाउन अहोरात्र खटिने एक योद्धा हुन् हेमराज । यीनै हेमराज थापा बाजुराबाट आगामी फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट चुनाब लड्दैछन् । रास्वपाले उनलाई उम्मेदवार बनाईसकेको छ । अहिले बाजुरामा चुनावी सरगर्मी बढ्दै गर्दा थापा चर्चामा छन् ।

अबको एकमात्रै रोजाई हेमराज थापा भन्ने आवाज उठेको छ । यो उम्मेदवारी कुनै पदको खोजी होइन,
यो त सडकबाट उठेको जनआवाजलाई संसदसम्म पुर्‍याउने संघर्षको निरन्तरता हो। अब प्रश्न एउटै छ— के बाजुरा यो आवाजसँगै हिँड्न तयार छ ? अहिले बाजुराक हरेक युवाहरुले यहीँ भनिरहेका छन् । विशेष गरि पुराना राजनीति दलबाट आजित भएका बाजुरा वासी युवाहरुले सुरुवाती देखी नै हेमराज थापा खोजिरहेका थिए।लाठी खाँदा पनि नझुक्ने,जेल पर्दा पनि नडराउने,देश र जनताको पक्षमा बोल्दापटक–पटक यातना भोगे पनि दुई दशक सडक आन्दोलनको अग्रमोर्चामा उभिएको एक निडर युवा— हेमराज थापालाई जिताएर पठाउनुपर्ने आवाज चर्को रुपमा उठिरहेको छ। जति चर्को थापा सडक आन्दोलनमा बोल्थे त्यतीनै चर्को आवाज अहिले बाजुरामा हेमराज थापा चाहिन्छ भन्ने उठेको छ ।

युवाहरु भन्छन् बाजुरा परिवर्तन गर्न भोट परिवर्तन गरौँ,हेमराजलाई भोट हालौँ

यतिबेला जिल्लाका सर्वसाधारणले समेत हेमराज थापालाई अबको सांसदका रुपमा हेर्न चाहेको जगन्नाथ गाउँपालिकाका मनोज सिंह भन्छन् ” बाजुरामा अब हेमराज थापा जत्तिको युवाको खाँचो छ, कांग्रेस एमालेबाट जनता सन्तुष्ट छैनन्,उहाँलाई सांसदका रुपमा धेरै हेर्न चाहेका छन्,बाजुरामा उहाँ जस्तो युवाको आवस्यकता पनि छ “

उसो त थापा बाजुरामा उम्मेदवार हुँदापुराना राजनीति दल एमाले,कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले पनि सकारात्मक रुपमा लिएको देखिन्छ । प्रतिस्पर्धा स्वभाविक रुपमा हुने भएपनि हेमराज थापा जस्तो योगदान र योग्यताले पोख्त,निडर,सक्षम,अब्बल युवाको उम्मेदवारी बाजुराका लागु सुखद विषय भएको पुराना दल निकट नेताहरुको धारणा छ ।

बाजुरामा अब कांग्रेस एमालेको विकल्प खोज्नुपर्ने बेला आयो,एमाले कांग्रेसले बाजुरामा जति गर्नुभयो,उहाँहरु प्रती सम्मान छ,गर्छौं भनेको जति उहाँहरुले गर्न सक्नुभएन, निरन्तर उहाँहरुले पालैपालो जित्नुभयो,संसदमा पटक-पटक फरक फरक अनुहार पनि पठाईयो,तर खास बाजुराली जनताका आवाजको प्रतिनिधित्व उहाँहरुले गर्न सक्नुभएन,तमाम समस्याहरुको समाधान गर्न सक्नुभएन, बाजुरा अझै मानव विकास सूचकांकको ७७ औं स्थानमा छ,उहाँहरुले गर्यौँ त भन्नुहुन्छ के गर्नुभयो? जनता समस्या जिउका तिउ छन् ।

उहाँहरु पटक- पटक असफल हुनुभयो,अब विकल्प खोज्नुपर्ने बेला आयो,बडीमालिका नगरपालिका ५ मनाका स्थानीय समेत रहेका रास्वपा केन्द्रीय खेमराज साँउदले भने ” बाजुराली सोझा निमुखा जनतालाई सधैं झुटा आश्वासन बाँडेर केबल सांसदका नाममा सांसद मात्रै बन्ने प्रवृत्तिको अन्त्य आजको आवस्यकता रहेको साँउदको भनाई छ। कांग्रेस एमाले लगायतका पुराना दलका नेताहरुले बाजुराली जनताको अभिमतको पटकपटक दुरुपयोग गरेको,जनता प्रती बिश्वास घात गरेको उनको आक्रोश छ। अब बैकल्पिक राजनीति शक्तिहरु एक ठाउँमा आएर पुराना दलको राजनीति बिरासत भत्काउनु पर्ने समय आएको उनको जिकिर छ।

यस भन्दा अगाडि भएका चुनावमा पनि अमुल्य मतदान गरेर संसदमा पठाउदा अपेक्षा अनुसारको काम नगरेपछि नेताहरू प्रतिको बिश्वास नै लाग्न छोडिसकेको जिल्लाको खप्तड छेडेदह गाउँपालिका ३ का ७० वर्षीय खण्टे खड्का बताउन्छन् । कांग्रेस एमाले,माओवादी सबैलाई मतदान गरेको अनुभव खड्का सुनाउन्छन्। गाउँमा कोही एमाले,कोही कांग्रेस,कोही एमालेमा एउटै पार्टीलाई हरेक निर्वाचनमा भोट हाल्दै आएका छन् ।तर आफुले भने पटक-पटकको निर्वाचनमा फरक व्यक्तिलाई मतदान गर्ने गरेको उनले बताए।

उनले भने” मैले एमालेलाई भोट हाले,कांग्रेस माओवादी सवैलाई हाले तर भोट माग्ने बेला राम्राे कुरा गर्छन् ,आश दिलाउन्छन्,तर जितेपछि सबै उस्तै हुन्छन् ।गाउँ फर्किदैनन् पाँच वर्ष पछि फेरि चुनावका बेला भोट माग्न आउँन्छन्,अब कसैको आश लाग्दैन,गर्लान् भन्ने विश्वास पनि छैन।अब क नयाँ उम्मेदवार हेमराज थापालाई भोट हाल्ने हो” चुनावमा गरेका प्रतिबद्धताहरु र जनतालाई दिएका आश्वासन चुनाव पछि नेताहरु सम्झिदैनन् । पछिल्लो समयमा पुराना दलका नेताहरु प्रती जनताको बितृष्णा छाउदै गएको देखिन्छ । उनीहरूका कार्यशैलीबाट जनता आजीत छन् ।

पटक-पटक दिएका झुटा आश्वासन,विकास गर्ने नाममा झुटा सपना देखाएर जनताको आँखामा छारो हाल्ने काम गरेको गुनासो सर्वसाधारणहरु गर्छन् । हरेक निर्वाचनमा उहीँ पुरानै नेता गाउँ- गाउँमा पुग्छन् । नेता उहिँ,शैली त्यहीँ,भोट माग्ने तरिका उहीँ पुरानै नेता पुरानै खोक्रो भाषणले विगतमा जस्तो अब काम नगर्ने जानकारहरुको आंकलन छ ।

जगन्नाथ गाँउपालिका का ६० वर्षिय बिष्णु बहादुर बिष्ट भन्छन्,“चुनावका बेला गाउँ आउन्छन्, झुटा आश्वासन देखाएर भोट माग्छन् तर भनेको कुरा पुरा गर्दैनन् ,गफले ठिक्कै बनाउन्छन् ,खानेपानी , सिचाई , विद्युत, बाटाघाटा बनाउन्छु भनेर गएकाहरु अहिलेसम्म फर्केनन्, यो भन्दा अगाडि धेरै पटक भोट पनि दियौं,तर भोट दिएको अर्थ रहेन, चुनावका बेला खेतसम्मै पुग्छन् अरु बेला नमस्कार गरे पनि फर्काउदैनन्, कसलाई भोट दिएर के गर्नु” । जुनसुकै पार्टीको नेतालाई जिताएर पठाएपनि कसैले भने अनुसारको र जनताले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको सर्वसाधारणको जनगुनासो छ । खड्का र थापा त एक प्रतिनिधि पात्र मात्रै हुन् ।

तर उहाँहरुका यी भनाईले वर्षौंदेखि पुराना दलहरुलाई पटक-पटक मतदान गरेका तर अपेक्षा गरे अनुसारको प्रतिफल जनप्रतिनिधिबाट नपाएका आक्रोशित जनताको असन्तुष्टिको आवाजको प्रतिनिधित्व गरेको छ । चुनावमा सक्षम व्यक्ति जिताउनु मतदाताको दायित्व हुने हुँदा यतिबेला बाजुराको आमुल परिवर्तनका लागी काम गर्ने नेतृत्व छान्नुपर्नेमा पनि यतिवेला सर्वसाधारणको जोड छ ।

युवाहरु मात्रै होईन पटक- पटक कांग्रेस एमाले माओवादीलाई मतदान गर्दै आएका सर्वसाधारण समेत खुसी छैनन् ।एमाले कांग्रेसले आफुहरुलाई पटक-पटक झुटा आश्वासन बाँडेर,विकास र समृद्धिको दिवा सपना देखाएर चुनाव जित्ने,सांसद बन्ने काम गरेको सर्वसाधारण को आरोप छ । पटक-पटक एमालेलाई मतदान गरेर अहिले पश्च्याताप लाग्ने गरेको उनीहरू बताउन्छन् । कतिपय त अब पुराना दलका नेतालाई मतदान नगर्ने बताईरहेका छन् । जनताको जनअपेक्षा अनुसार काम गर्न नसकेका कांग्रेस, एमालेलाई अब मतदान नगर्ने अडानमा कयौं सर्वसाधारण देखिन्छन् ।

के भन्छन् त थापा ?

बाजुराली जनताले आफ्नो आवश्यकता महसुस गरेकाले चुनावी मैदानमा होमिएको बताउन्छन् ” जनताले चाह्यो भने,नेता हुने हो,जबरजस्ती नेता हौँ भन्दै हिड्ने मेरो स्वभाव छैन,बाजुरा मेरो जन्मभूमि हो,बाजुराको जनप्रतिनिधिले भएर काम गर्न पाउने कुरा मेरा लागि सबैभन्दा ठुलो अवसर हो,सौभाग्य हो,यतिबेला धेरैले मलाई उम्मेदवार बन्न सुझाब दिनुभयो,मेरो आवस्यकता महसुस गर्नुभयो त्यसैले म तयार भए,म तयार छु,बाजुराली जनताले आफू प्रती गरेको भरोसा टुट्न नदिने बताउदै थापाले जिल्लावासीले जस्तोसुकै भारी बोकाएपनी बोक्न तयार रहेको बताए ।

कांग्रेस एमालेले केही गर्न सकेनन् भन्न खोजेको होइन तर गर्नुपर्ने जति नगरेको हामीले भुल्नु हुँदैन, त्यसैले अब बाजुरामा चुनावी प्रतिस्पर्धा परिवर्तन चाहाने र परिवर्तन नचाहाने बीच को हुनुपर्छ, पुराना राजनिति दलले पनि नयाँ अनुहारलाई अघि सारोस् भन्ने हो, बरु हामी नजितौँला तर राम्रोले जित्नुपर्यो,बाजुराका लागि के त्याग गर्नुपर्छ,म गर्न तयार छु,तर बाजुरा बन्नुपर्यो। थापाले सदियौँ देखि ओझेलमा परेका र राजनितिले ओझेलामा पारिएका हरुको बिद्रोह र अधिकारको लडाइँ हुने बताएका छन् । आगामी पुस्ताका लागि खुसीका लागि लडाइँ लड्न मैदानमा उत्रीएको थापाको भनाई छ ।

उनले यस अघि पटक-पटक बाजुराका ९ वटै स्थानीय तहका जिल्ला वासीसंग साक्षात्कार पनि गरिसकेका छन् ।जिल्लामा जिल्ला वासी संग भेटवार्तामा निस्किएका थापाले जिल्लाका समस्याहरु मात्रै संकलन गरेर फर्किएका छैनन्,जिल्ला वासिका राय पनि संकलन गरेर फर्किएका छन् । जिल्लामा पुग्दा स्थानीयबाट आएका गुनासोहरु समेट्दै जिल्लाका समस्याहरुको पहिचान गरि उनले सिंहदरबारको ध्यानाकर्षण समेत गराइसकेका छन् । विषयगत समस्या लिएर छुट्टाछुट्टै मन्त्रालय पुगेर समेत थापाले समय समयमा बाजुराका,शिक्षा,स्वास्थ्य,सञ्चार,यातायात,विद्युतका समस्याहरु सम्बन्धित मन्त्रालयमै पुगेर ध्यानाकर्षण गराउदै आएका छन् ।

साधारण जीवन शैली,सरल स्वभावका हेमराज निरन्तर जनताको सेवामा समर्पित छन् । जनताका समस्या समाधानका निमित्त उनको दैनिक दौडधुप छ। उनी कहिँले जिल्लाका समस्या लिएर मन्त्रालय पुग्छन् त कहिँले जिल्लाबाट बिरामी भएर काठमाडौंका विभिन्न अस्पतालमा उपचारत बिरामीहरु भेट्न पुग्छन् । सक्ने जति आर्थिक सहयोग हस्तान्तरण गर्छन्। यसरी उनको दैनिकी जनता संगै बितेको छ। पछिल्लो दुई दशक यता हरेक राजनीति आन्दोलनको नेतृत्व गर्दै अग्रपंक्तिमा देखिने थापा पछिल्लो समयमा भने जनता संग नजिक छन् ।

जनता संगको सम्बन्ध बिस्तारमा सक्रिय छन् । उनको प्राथमिकता गृह जिल्ला बाजुरा नै छ। बसाइँ राजधानीमा भएपनि चिन्ता बाजुराको छ । बाजुराको प्रतिनिधित्व गरेर आफुलाई बाजुराली जनता सेवामा समर्पित गर्ने धोको रहेको थापा कहिँले काहीं सुनाउने गर्छन् । तर बाजुरामा अहिले नै त्यो परिस्थिति बन्दैन कि ? भन्ने उनलाई मन भित्र बिजेको छ ।

सेवामा समर्पित थापालाई छैन,पदको मोह :

गरिब दिन दुखी,समस्यामा परेकालाई सहयोग गर्दै आएका थापा दिन दुखीहरुको भगवान् जस्तै हुन् । विभिन्न बिपतजन्य घटनामा थापा समाज सेवाको अग्रणी भुमिकामा देखिदै आएका छन् । विगतमा कोरोना माहामारी होस्,भुकम्पबाट प्रभावित नागरिकको उद्धारमा होस,वा अन्य बाढी,पहिरो,डुबान जस्ता प्राकृतिक प्रकोपका घटनाबाट प्रभावित नागरिकको घरदैलोमा गएर समस्या सुन्ने,उद्धार गर्ने,र राहत वितरण गरेका थापाले गत भाद्रमा भएको जेनजी आन्दोलनपछीको समयावधि पनि आन्दोलनमा सहिद भएका परिवार र घाइतेको परिवार संग भेटवार्ता गर्दै बिताए ।

जेनजी आन्दोलनपछि थापा जस्तै अन्य अभियान्ताहरु मन्त्रीको दौडधुपमा थिए। तर हेमराज एउटा त्यस्तो अभियान्ता देखिए जो कुनै राजनीति लाभको पछि गएनन् । बरु पहिला जस्तै निरन्तर दिन दुखीहरुको घाउमा मलम पट्टी लगाईरहे। संगैका अभियान्ताहरु मन्त्री बन्ने लालचमा डौडधुप गरिरहदा थापा भने जेनजी आन्दोलनमा सहिद भएका योद्धाहरुको आफन्तलाई भेटघाट गर्ने र घाइतेहरुलाई अस्पतालको बेडसम्मै पुगेर आर्थिक सहयोग हस्तान्तरण कार्यमै व्यस्त देखिए। कयौंलाई नगदसहित सहयोग गरे । झण्डै ६० जना भन्दा बढी घाइते र सहिद परिवारलाई भेटेरै कम्तिमा पनि रु पाँच हजारका दरले सहयोग गरे ।उनी हरेक दिन अस्पतालका बेडसम्म पुगेर घाइतेहरुको हालखबर बुझिरहेका हुन्थे।

अझ भनौं उनको यो बीचको समयको दैनिकी नै घाइते र सहिद परिवारका सदस्यलाई भेट्ने बन्यो तर रोचक त यो छ जुन बेला हेमराज जस्तै अरु आफुलाई अभियान्ता करार गर्नेहरू मन्त्री बन्ने सपना देख्दै त्यसैको गृहकार्य गरिरहेका थिए।उनीहरूलाई पद र सत्ताको लोभ थियो चाँसो पनि त्यतै थियो । तर हेमराजले एउटा यस्तो परिचय बनाए जसलाई यो बीचमा यस्तो राजनीति लाभ लिने कुराको कुनै प्रवाह भएन। यहीँ बीचमा उनी मन्त्री बन्ने चर्चा समेत भयो तर थापाले मन्त्री हुने विषयलाई त्यति चाँसोका रूपमा नै लिएनन् ।

सुदूरपश्चिमका युवा पुस्ता मात्रै होइन पुराना दलका नेताहरुले समेत उनलाई मन्त्री बनाउनु पर्ने माग अघि सारे । तर उनी जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरुको मनोबल उच्च बनाईरहे। सहिद परिवारलाई सान्त्वना दिईरहे। यतिमात्र होईन प्रत्येक घाइतेहरुलाई प्रती व्यक्ति पाँच हजारका दरले सहयोग समेत गरे । यसरी उनी निरन्तर आफुलाई जनताको सेवकका रुपमा चिनाईरहेका छन् ।सेवामा आफ्नो जीवन समर्पित गरिरहेका छन् । थापा सामाजिक सेवामा पनि सक्रिय छन् ।

को हुन् त अभियान्ता हेमराज थापा ?

लामो समयदेखि राज्य संचालनमा भए गरेका अन्याय,अत्याचार, अनियमितता, दुराचार र भ्रष्टाचारका बिरुद्ध सडकबाट जनताको आवाज बुलन्द गरिरहेका छन् । सरकारका कमिकमजोरीहरु उठान गरेर सरकारको सडकबाटै ध्यानाकर्षण गराइरहेका छन् । सडकबाट नेपाली जनता र राष्ट्रियताको पक्षधर भएर आवाज उठाउने थापा एक शसक्त प्रतिपक्षको भुमिका निर्वाह गरिरहेका छन् ।

थापाले यस अघि पेट्रोलियम पदार्थको मुल्यबृद्धि, राष्ट्रको हित बिपरित हुने अन्तर्राष्ट्रिय सन्धि सम्झौता, सिमा अतिक्रम लगायतका बिषयमा खरो रुपमा प्रस्तुत हुँदै नेपाली जनताको हित र राज्यको हितको पक्षमा उभिदै आएका छन् । उनी जनताको पक्षमा उभिएर आवाज उठाउदै गर्दा पटकपटक गिरफ्तार भैई हिरासतमा समेत बसिसकेको छन् । प्रहरीको कुटाई र जेल नेल उनका लागि सामान्य कुरा जस्तै भैसकेको छ । एमसीसी विरुद्धको आन्दोलन, लिपुलेख लिम्पियाधुरा कालापानी,लगायतका प्रमुख राजनीति आन्दोलनको नेतृत्व हेमराज थापाले नै गरेका थिए ।

त्रिभुवन विश्वविद्यालय (टीयू) बाट राजनीति शास्त्र र शिक्षा शास्त्र सङ्कायमा स्नातकोत्तर गरेका उनले आफूलाई स्पष्ट वक्ता, सरल स्वभाव र जनप्रेमी युवा व्यक्तित्वका रूपमा पनि उभ्याउन सफल भएका छन् । यहीँ कारण थापा युवा पंक्तिमाझ लोकप्रियसमेत छन् । वैदेशिक रोजगारीलगायत विभिन्न कारणले विदेशमा पुगेर फसेका सयौँ नेपाली युवायुवतीहरूको उद्दार गरेका छन् ।

सडक, आन्दोलन र संघर्षबाट परिचित, वर्षौंदेखि सामाजिक न्याय, सुशासन र जनअधिकारका सवालमा आवाज उठाउँदै आएका थापाले आन्दोलनबाट उठेका मुद्दालाई राज्यको नीति तहसम्म पुर्‍याउने धेरैको अपेक्षा छ । थापा यसअघि विभिन्न सामाजिक तथा नागरिक आन्दोलनहरूको नेतृत्व गर्दै आएका छन्। ती आन्दोलनका क्रममा उनी कयौँपटक गिरफ्तार भएका छन् भने प्रहरीको कुटपिटसमेत सहनुपरेको छ। तथापि, दबाब, गिरफ्तारी र दमनका बाबजुद पनि उनी आफ्ना एजेन्डाबाट पछि नहटेको उनका सहकर्मीहरू बताउँछन्।

उनको नेतृत्वमा भएका आन्दोलनहरू शिक्षा पहुँच, युवाको अधिकार, भ्रष्टाचारविरुद्धको अभियान तथा राज्यको उत्तरदायित्वसँग सम्बन्धित थिए। थापा विशेषगरी युवालाई संगठित गर्दै शान्तिपूर्ण आन्दोलनमार्फत सामाजिक परिवर्तन सम्भव छ भन्ने सन्देश फैलाउँदै आएका अभियन्ताका रूपमा चिनिन्छन्।

स्थानीय स्तरमा स्पष्ट वक्ता, निर्भीक अभियन्ता र जनसरोकारका विषयमा सम्झौता नगर्ने व्यक्तित्वका रूपमा परिचित थापाको उम्मेदवारीलाई आन्दोलन र संसद् जोड्ने प्रयासका रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार संघर्षको पृष्ठभूमिबाट आएका उम्मेदवारहरूले निर्वाचन राजनीतिमा नयाँ विमर्श र वैकल्पिक नेतृत्वको सम्भावना देखाउने गर्छन्।आगामी निर्वाचन नजिकिँदै जाँदा हेमराज थापाको उम्मेदवारीले परम्परागत राजनीतिभन्दा फरक यात्रा तय गर्न खोज्नेहरूको प्रतिनिधित्व गर्ने संकेत दिएको छ।थापाको उम्मेदवारीले सामाजिक अभियान र राजनीतिबीचको सम्बन्धलाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।

हरेक सडक आन्दोलनमा अग्रपंक्तिमा देखिएका थापाको कसरी सुरु भयो राजनीति यात्रा ?

साविकको ब्रमतोला गाविस २ हालको बुढीगंगा नगरपालिका २ मा जन्मिएका हेमराज थापाको बाल्यकाल गाउँमै बित्यो। सामान्य गरिब परिवारमा जन्मिएका थापा ६ सन्तान मध्यका जेठा सन्तान हुन् । साझ बिहान घरको काम गर्दै गाउँकै बिद्यालयबाट उनले कक्षा १० सम्मको अध्ययन पूरा गरे । जब तत्कालीन माओवादी जनयुद्ध चर्कियो। त्यतिबेला थापा कक्षा ७ मा अध्ययन गर्थे। पढाईमा अब्बल थापा कक्षा १ देखि प्रथम हुन्थे। कक्षा १ देखि प्रथम हुने पहिचान नै बनाएका थापा कक्षा १० मा पनि प्रथम डिभिजनमा उतिर्ण भए। एसएलसीमा प्रथम डिभिजनमा उतिर्ण भएपछि थापा बुवाले उनलाई १० हजार रुपैयाँ ऋण खोजेर शहर पढ्न पठाउने चाँजोपाँजो मिलाए।

त्यसपछि थापा एक भारी आलु र १० हजार रुपैयाँ बोकेर दिपायल पुगे । ओभरसियर पढ्ने योजना बुनेर घरबाट निस्किएका हेमराजको ओभरसियर पढ्ने योजना बीचबाटोमै रोकियो ।त्यसपछि उनी दिपायल जान छोडेर सिधै महेन्द्रनगर तर्फ हानिए। महेन्द्रनगर स्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा आईएसी पढ्न भर्ना भए । महेन्द्रनगरमा एक जना साथी सहित कोठा भाडामा बस्न थाले । मार्षिक पाँच सय भाडा थियो । २५० एक जनाको भागमा पर्थ्यो ।सोही क्याम्पसबाट थापाले राजनीति विजारोपण गरे। महेन्द्रनगर नगर स्थित एक सार्वजनिक पुस्तकालयमा करिब १० हजार बढी पुस्तक थिए।उनले ती सबै पुस्तकहरु अध्ययन गरे । पढ्न निकै सौखिन थिए थापा ।

यो संगै थापा क्याम्पसमा हुने अतिरिक्त क्रियाकलापमा सहभागी हुन्थे ।सहभागी मात्रै हुन्थेनन् प्रथम नै हुन्थे। २०६५ सालमा सुदूरपश्चिम बिश्वबिद्धालयको माग गर्दै भएको आन्दोलनमा थापा अग्रपंक्तिमामा खटिए।त्यसक्रममा उनी घाइते समेत भए।त्यसको केही वर्षमै २०६९ सालमा सुदूरपश्चिम बिश्वबिद्यालयको स्थापना भयो। हेमराज थापाले गरेको सडक आन्दोलन वा संघर्षको पहिलो सफलता थियो । यसको थापालाई थप सक्रिय बनायो । २०६५ सालमै ६० जना विद्यार्थी मध्य ४ जना प्रतिस्पर्धीलाई पछार्दै ५४ मत ल्याएर कक्षा कमिटीको संयोजक बने। उनको विद्यार्थी राजनीति यात्रा त्यहीँ दिनबाट सुरु भयो । थापा २०६४ को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सदस्य पदको उम्मेदवार थिए।

१६ वर्षकै उमेरबाट विद्यार्थी राजनीतिमा हाम फालेका हेमराज कपडा भन्दा बढी किताब किन्थे। सुदूरपश्चिम बिश्वबिद्यालयमा स्नातक पढ्दै गर्दा अन्यायका विरुद्धमा निडर भएर बोल्ने हेमराजले रेडियो पश्चिम नेपालमा जागिर समेत गरे ।त्यसपछि उनी महेन्द्रनगरको बसाईलाई बिट मार्दै उच्च शिक्षा अध्ययनका लागि राजधानी गए। स्नातकोत्तर पढ्न सुरु गरे। त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा २०७४ सालमा शिक्षा एनको नौऔं संसोधनका विरुद्ध माइतीघर मण्डलामा ६ दिन आमरण अनसन बसेर एन खारेज गराएरै छाडे। विश्वविद्यालयमा हुने राजनीति नियुक्ति विश्वविद्यालय परिसरमा ब्यानर राख्ने,हस्ताक्षर अभियान चलाउने काम उनले जारी राखे ।

विश्वविद्यालय केन्द्रिय क्याम्पस देखि पोखराको पिएन क्याम्पस सम्म यो अभियान चल्यो।यहीँ क्रममा थापा पटकपटक विश्वविद्यालय हाताबाटै गिरफ्तार भए। विश्वविद्यालयमा हुने गरेका बेथितिका विरुद्ध सडक आन्दोलनको नेतृत्व गरेका हेमराजले २०७६ साल देखि एमसीसी विरुद्धको आन्दोलनको नेतृत्व गरे।लिपुलेख,लिम्पियाधुरा प्रकरणमा उनी पटकपटक आन्दोलनकै सिलसिलामा गिरफ्तार भए। एमसीसी विरुद्धको आन्दोलनमा लड्दा लड्दै उनको खुट्टा समेत भाँचियो। कुलमान घिसिङको बर्खास्ती विरुद्ध पुनः नियुक्तिको आन्दोलनको नेतृत्व गरेका हेमराजले नागरिकता विधेयक खारेजीको आन्दोलनमा समेत अग्रमोर्चामा रहेर नेतृत्व लिए ।

विभिन्न आन्दोलनका क्रममा थापाले दुई दर्जन बढी पटक गिरफ्तार भए । प्रहरीको च्रम यातना,जेल नेल उनका लागी सामान्य विषय जस्तै बने,कृतिपुर विश्वविद्यालयमा देशभरका संघ संस्थाको सहयोगमा ५ हजार बोरा चामल सहयोग समेत गरे। बाढी,पहिरो,भुकम्प जस्ता प्राकृतिक प्रकोपमा समस्यामा परेकालाई सहयोग गर्नु उनको नियमित कर्म जस्तै बनेको थियो । देशभर पाँच सय थान अक्सिजन सिलिन्डर,५० हजार बढी माक्र्स?सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु कोरोना माहामारीका बेला सहयोग गरे।कलिलै उमेरमा विद्यार्थी राजनीति सुरु गरेका हेमराज अब सक्रिय राजनीति मार्फत नै जनताको सेवामा समर्पित हुन चाहान्छन् ।

आगामी निर्वाचनमा बाजुरामा निर्वाचनमा प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। यस अघि एमाले र कांग्रेस बीच मात्रै प्रतिस्पर्धा हुँदै आएको बाजुरामा अबको निर्वाचनमा भने एमाले कांग्रेस,नेपाली कम्युनिष्ट पार्टी र स्वतन्त्र वा रास्वपाको साझा उम्मेदवार गरी चार प्रतिस्पर्धी बीच प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । यसले पुराना दुई मुख्य प्रतिस्पर्धी दल एमाले र कांग्रेसलाई ठुलो धक्का पुग्ने संकेतका रुपमा हेरिएको छ। देशभर बैकल्पिक राजनिति दलको चर्चा भइरहदा बाजुरा फागुन २१ को निर्वाचनलाई बिशेष चाँसोका रुपमा हेरिएको छ । के बाजुरामा कांग्रेस एमालेको बहुदल पछिको बिरासत भत्काउन नयाँहरु सक्लान् भन्ने जिज्ञासा सबैको मनमा बिजारेपण भएको छ।

जेनजी आन्दोलन पछि बाजुरामा पनि पुराना दलहरूको विकल्प खोज्नुपर्ने आवाजहरु उठेका छन् । २०४८ साल यता बाजुरा मा निरन्तर कांग्रेस एमालेले आलोपालो निर्वाचन जित्दै आएका छन् । बहुदल हुँदै गणतन्त्र सम्म पुग्दा पनि बाजुरामा यीनै कांग्रेस एमालेको बर्चस्व छ । हालसम्म जिल्लामा प्रमुख प्रतिस्पर्धीका रुपमा एमाले र कांग्रेस चटान झै उभिएका छन् ।

पछिल्ला केही निर्वाचनमा देशभर बैकल्पिक राजनीति शक्तिहरुको राम्रै प्रभाव देखियो तर त्यसको बाछिता बाजुरा सम्म पुग्न सकेनन् । २०७९ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनबाट बैकल्पिक राजनिती दलहरूले निर्वाचन जिते यतिमात्र होईन केही स्वतन्त्र उम्मेदवारहरु समेत बिजयी भए । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) संघीय संसदमा २१ सिट जितेर चौँथो राष्ट्रिय दल नै बन्न सफल भयो। देशका विभिन्न शहर इलाकामा वैकल्पिक राजनीति शक्तिहरुको राम्रो प्रभाव देखियो ।तर ग्रामिण भेगमा यसको प्रभाव निकै कम पर्यो ।

सम्भवत अब हुने आम निर्वाचनमा बैकल्पिक राजनीति शक्तिको प्रभाव खासै प्रभाव नपर्नेमा पुराना राजनीति दल बिश्वस्त देखिन्छन् । बाजुरामा पनि कांग्रेस एमालेका नेताहरु स्वतन्त्र वा नयाँ बैकल्पिक राजनीति दलले कुनै प्रभाव नपार्नेमा ढुक्क देखिन्छन्। उनीहरूले बाजुरामा एमाले,कांग्रेसको विकल्प खोज्ने विषय सम्भवतथा दिवा सपनाका रूपमा लिएका छन् ।यतिसम्म कि उनीहरु नयाँहरुले जित्छन् भन्ने विषय कल्पना भन्दा बाहिरको विषय भएको जिकिर गर्छन् । उनीहरूलाई लाग्छ बाजुरामा कांग्रेस एमाले नै सवथोक हुन् ।

तर उनीहरूले यो सोच्दैनन् ? सधैं बाजुरामा कांग्रेस एमालेलाई रोजिराख्ने गरि जनताको मन जित्न सक्यौं कि सकेनौं ? पछिल्लो समयमा बाजुराका अधिकांश युवा पुस्ताले बाजुरामा कांग्रेस एमालेको विकल्प खोजेको देखिन्छ।२०४८ साल यता निरन्तर बाजुरामा आलोपालो निर्वाचन जित्दा पनि जनता सन्तुष्ट हुने गरी,जनताको बिश्वास भने जित्न सकेका छैनन् । पाँच वर्षको एक पटक निर्वाचनको बेला गाउँ जाने,भोट माग्ने,फेरि त्यहीँ पुरानो झुटो आश्वासन बाँड्ने कांग्रेस एमालेको खोक्रो भाषणबाट बाजुराली वासी आजित भएका छन् ।

आजित मात्रै छैनन् वाक्क दिक्क भएका छन् भन्दा पनि फरक पर्दैन । युवा पुस्ता मात्रै होईन आम सर्वसाधारण समेत एमाले कांग्रेसले चुनावका बेला बाजुराको समृद्धि,बाजुराली जनताको सुखको भाषण गरेपनी जितेर गएपछि बाजुरा बिर्सिने गरेको बताउन्छन् । चुनावका बेला मात्रै बाजुरा जाने,जनतालाई झुटा आश्वासन बाड्ने,काम भने भनेजति कसैले गर्न नसकेको बाजुराली वासीको आरोप पुराना दल एमाले कांग्रेस,माओवादी माथि छ । पुरानाले जति गर्छौं भनेर भाषण गरेपनि अब पत्याउने पक्षमा जनता देखिदैनन् ।बरु नयाँ अनुहारलाई रोज्ने पक्षमा उनीहरू सहमत छन् ।

विगतको मत परिणाम हेर्दा बाजुरामा कांग्रेस पहिलो,एमाले दोश्रो,माओवादी तेस्रो र समाजवादी चौथो दलका रुपमा रहेका छन् ।हाल माओवादी र समाजवादी एउटै कित्तामा उभिए नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x