सोमवार, माघ ७, २०८१
Monday, January 20, 2025

गायक तथा सर्जक राजेन्द्र रावतको “मेरी सुवा यसै राम्री” नामक देउडा गीत सार्वजनिक (भिडियो सहित)

  • 53
  •  
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares

मिन बहादुर खड्का काठमाडौँ  : देउडा गायक तथा सर्जक राजेन्द्र रावतको “मेरी सुवा यसै राम्री”  नामक देउडा गीत सार्वजनिक भएको छ । मंगलबार उनले आफ्नै राजेन्द्र रावत नामक युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा स्वर उनको आफ्नै रहेको छ भने स्वरमा साथ नवदित गायिका शान्ति भाटले दिएकी छन्।

उनी गीत गाँउनकै लागी भारतबाट नाबालक सहित नेपाल आएर गायक रावतलाई भेटेकी थिइन् । रावतले उनको लागी नै यो गीत बनाएका थिए । गीत गाउन अत्यन्तै रुची भएकी भाटलाई रावतले पहिलो अवसर दिएका हुन । रावतले यस अघि पनि नयाँ प्रतिभाहरुका लागी गीत लेख्दै आएका छन् । उनले नयाँ प्रतिभाहरुलाई बिशेष गरी साथ दिदै आएका छन् । यसरी रावत धेरै नवप्रतिभाहरुको प्रेणको श्रोत पनि बन्न सफल छन् । गीतमा एरेन्जर कृष्ण बाजुरालीको छ ।

गीतमा अभिनय पनि रावतले आफैले गरेका छन् । यस्तै अभिनयमा सुमन परियार पनि छन् । रावतको आफ्नै लय शब्दमा रहेको गीत पुरानो दिनको स्मरण हुने वास्तविक चोखो र साँचो प्रेमलाई गीत मार्फत दर्शाउन खोजिएको छ । गीतले पुरानो परिबेशलाई बोको छ। घरमा बुवा आमाले बिहे गर भनेर सताइरहेको तर प्रमी र प्रेमिका भने साँभो प्रेम होस् र जीवन्त होस् भन्ने मनसायमा रहेको गीतबाट बुझ्न सकिन्छ ।

धेरैले यो गीतलाई रावतको अहिले सम्मकै उतकृष्ट पाि भनेका छने र उनले देउडा पनि यस अघिका गीतहरु भन्दा फरक ढंगले गीत बजारमा ल्याएका छन् । दुःख कष्टका गीतहरु बिशेष गरी लेख्ने रावत पछिल्लो समयमा मनोरञ्जन संग पनि जोडिएर शव्द रचना गर्छन् । उनका केही गीतहरु मनोरञ्जनात्मक पनि बजारमा छन् ।

तर रावत धेरैजसो गीत समाजमा घट्ने वास्तविक घटना संग आधारित गीतहरु लेख्ने गर्छन् । उनलाई नयाँ पुस्ताको शव्द लेखनमा आशाको किरणका रुपमा गीत संगीत प्रेमीहरुले लिने गरेका छन् । उनि पछिल्लो समयमा नयाँ पुस्ताको रोजाईको कलाकारमा पनि पर्छन् । गायक रावतले भने, “ युवा पस्तालाई लक्षित गर्दै यो गीत लेखेको रावत बताउन्छन्। यो यस अघिको देउडा गीत भन्दा पनि, युवाहरुलाई लक्षित गर्दै लेखेको हो, प्राय देउडा गीत भन्ने बित्तिकै पाइला हानेर खेल्ने हुन्छ तर युवा पुस्ताको मनोरञ्जनको पाटोलाई ध्यानमा राखी फरक ढंगको ल्याउनुपर्छ भनेर नै यस्तो बनाएको हो, ”

यस अधि बढी प्राथमिकता देउडा गीतलाई मात्रै दिदै आएका रावतले यो फरक बिधाको देउडा गीतलाई धेरैले माया गर्ने अपेक्षा लिएको बताएका छन् ।पछिल्लो समयमा नेपाली देउडा गीत मात्रै नभई अन्य बिधाका गीतहरू संग पनि जोडिएर काम गर्ने रावत नेपाली सांगीतिक क्षेत्रमा राम्रो दख्खल राख्ने व्यक्ति हुन् ।उनले करिब ३ दर्जन बढी देउडा गीतको लय शब्द गरिसकेका छन् । पछिल्लो समयमा उनी आफै पनि गीतमा आवाज दिदै आएका छन् ।

उनले आधुनिक, लोकदोहोरी, देउडा ठाडी भाका, पप आदि गीतहरुको रचना गर्दै आएका छन् । नेपाली सांगीतिक क्षेत्रका उच्च तहका व्यक्तिहरु संगसहकार्य गरेर काम गर्दै आएका रावत दर्शकहरुले रुचाउँने मध्यको एक हुन् । रावतले वर पिपल दालीको नामक देउडा गीत मार्फत आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । उनका करिब ३ दर्जन बढी गीतहरू बजारमा छन् । गीतमा आवाज समेत दिने रावत गीतको लय शब्द , निर्देशन, अभिनय पनि गर्दै आएका छन् ।

 भिडियो पनि हेर्नुहोस्

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x