चार संसदीय समितिको बैठक बस्दै
चार संसदीय समितिको बैठक बस्दै
![](http://aonenepalnews.com/wp-content/uploads/2021/10/Gamechanger_onlinekhabar_1230x100sgdfgdf-1-1024x83.png)
![](https://aonenepalnews.com/wp-content/uploads/2024/07/federal-parliament-sansad-sachiwalaya_Of4JEGVIiS.jpg)
काठमाडौँ : आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा समितिको आ. व. ०८१/०८२ को वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनामाथि छलफल हुनेछ ।
त्यस्तै साढे ११ बजे नै बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्ने बताइएको छ । उनीमाथिको संसदीय सुनुवाइ सकिसकेकाले आज अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय लिइनेछ । संवैधानिक परिषद्को बैठकले असार २ गते निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो ।
RELATED NEWS ARTICLES
![](https://aonenepalnews.com/wp-content/uploads/2022/09/cleaning-merged-final-for-add.gif)
![](http://aonenepalnews.com/wp-content/uploads/2021/10/1230x100V2-ok1-1-1024x83.gif)
WRITE COMMENTS FOR THIS ARTICLE