बिहिबार, फाल्गुन ७, २०८२
Thursday, February 19, 2026

कुन्तीदेवी पोख्रेलद्वारा काठमाडौं क्षेत्र नं. २ मा कृषक लक्षित विशेष कार्यक्रम सार्वजनिक

कुन्तीदेवी पोख्रेलद्वारा काठमाडौं क्षेत्र नं. २ मा कृषक लक्षित विशेष कार्यक्रम सार्वजनिक
  • 200
  • 30
  •  
  • 40
  •  
  •  
  •  
    270
    Shares

काठमाडौं, क्षेत्र नं. २ — राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार रहेकी कुन्तीदेवी पोख्रेलले कृषक समुदाय लक्षित विशेष कार्यक्रम सार्वजनिक गरेकी छिन्।

हालै जारी चुनावी घोषणापत्रमार्फत उनले काठमाडौं क्षेत्र नं. २ अन्तर्गतका कागेश्वरी मनोहराशंखरापुर क्षेत्रमा देखिएको सिंचाइ, मल तथा उन्नत बिउको अभाव समाधान गर्ने प्रतिबद्धता जनाएकी हुन्।

घोषणापत्रमा उल्लेख गरिएअनुसार कृषकहरूलाई वर्षभरि सिंचाइ सुविधा उपलब्ध गराउन ‘माइक्रो लिफ्ट इरिगेशन’ प्रणाली सञ्चालन गरिने, पुराना नहरहरूको पुनर्निर्माण गरिने तथा सहकारीमार्फत मल र उन्नत बिउ वितरण व्यवस्था सुदृढ गरिने योजना अघि सारिएको छ।

यसैगरी उनले ‘फार्म टु मार्केट’ मोडेल लागू गरी किसानका उत्पादनलाई प्रत्यक्ष बजारसम्म पुर्‍याउने व्यवस्था मिलाइने बताएकी छिन्। यस मोडेलमार्फत बिचौलिया नियन्त्रण गर्दै कृषकले उचित मूल्य पाउने वातावरण सिर्जना गरिने उनको दाबी छ।

पोख्रेलले कृषक सशक्तीकरण कार्यक्रमलाई प्राथमिकतामा राख्दै कृषि बीमा कार्यक्रमलाई समेत प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। उनका अनुसार यस्ता कार्यक्रमले स्थानीय कृषि उत्पादन वृद्धि र कृषकको आयस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x