मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

पार्टी निर्माणमा फर्किनुपर्नेमा माओवादी नेताहरुको जोड

पार्टी निर्माणमा फर्किनुपर्नेमा माओवादी नेताहरुको जोड
  • 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

काठमाडौं : नेकपा माओवादी केन्द्रको बैठकमा पदाधिकारीहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । शुक्रबार सुरु भएको बैठकमा आज सबैले धारणा राखिसकेपछि भोलि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।

बोल्ने सबै नेताहरुले अहिले सत्ता बाहिर हुँदा पार्टी निर्माणको अवसर प्राप्त भएको धारणा राखेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । सरकारले गरेको राम्रो काम जनतामाझ लैजाँदै अब एकजुट भएर जनतामाझ जाने कार्यक्रम बैठकले तय गर्ने उनले बताए ।

भोलि नेताहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ। बैठकपछि स्थायी कमिटी र लगत्तै केन्द्रीय कमिटीको बैठक बसेर पार्टीको आगामी रणनीति तय गर्ने माओवादीको तयारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x