आइतवार, असार २८, २०८३
Sunday, July 12, 2026

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन, अनुसन्धान जारी

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन, अनुसन्धान जारी

काठमाडौं । अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ । नेपालको ताप्लेजुङमा घर भएका २४ वर्षिय सुनील थापाको दुई दिनअघि निधन भएको हो ।

अमेरिका निवासी समाजसेवी जोडी हेम थापा र माया थापाका कान्छा छोरा हुन् सुशील । उनी हालैमात्र अमेरिकाकी सेनामा पदोन्नति भएका थिए । थप तालिमका क्रममा दुर्घटनाबस चलेको गोली टाउकोमा लागेको पारिवारिक स्रोतले बताए पनि आधिकारिक पुष्टि भएको छैन ।

घटनाका विषयमा हेम थापासँग फोनमा कुरा गरेका पत्रकार एचबी ताम्राकारले परिवारले शव प्राप्त नगरिसकेको बताए ।

उनले थापालाई उदृत गर्दै भने, ‘जागीरमा प्रमोसन भएकाहरूलाई नयाँ हतियार दिइएको रहेछ । त्यसको तालिमका क्रममा साथीको बन्दूकबाट चलेको गोली छोरोको कन्चटमा लागेको भन्ने जानकारी पाएका छौँ । अहिलेसम्म हामीलाई शव दिइएको छैन ।’

प्रमोसनपछि केही दिन बिदा लिएर सुशीलले परिवारसँग घूमघाम गरेका थिए । छुट्टी सकिएर फेरि जागीर सुरु गरेको केही दिनमा नै दर्दनाक घटना भएको हो ।
छोराको निधनपछि हिजो हेम थापाले फेसबुकमा दुईवटा स्टाटस लेख्दै सांकेतिकरूपमा बेदना पोखेका थिए ।

उनले लेखेका छन्, ‘जीवनको सबैभन्दा दुखद घडी…। मेरो जीबनमा नसोचेको भयो.. । मेरो र मेरा परीवारको खुसी शत्रुले मात्र हैन भगवानले सम्म देख्न सकेन्….! कति मार्नुछ मार भगवान्… जिउँदो लास भएर बाचेकै हो .. अझै बाँचुला.. सहुँला.. !’

ताम्राकारका अनुसार यो गोली कसैले नियतबस चलाएको भनेर परिवारले शंका गरेको छैन ।

‘छोरोको कसैसित दुस्मनी थिएन, जानजान गोली हानिएको हो जस्तो लाग्दैन, घटनाको छानबिनपछि सत्यतथ्य बाहिर आउला,’ हेमको भनाइ उदृत गर्दै उनले थपे ।

कानूनी प्रक्रिया पूरा भएपछि एक-दुई दिनमा परिवारले शव प्राप्त गर्ने आशा गरिएको छ ।

हेम थापाको परिवार २२ वर्षअघि अमेरिका गएको हो । माओवादी जनयुद्धका बेला तीनपटक अपहरण परेका थापा भागेर इजरायल गएका थिए । त्यहाँ दुई वर्ष बिताएपछि अमेरिका गएका हुन् । अमेरिकामा शरणार्थीका रूपमा बसेका उनी उबर चलाउने गर्थे । उनकी पत्नी माया व्यवसाय गर्छिन् ।

थापा दम्पतीले अमेरिकामा कमाएको पैसाको ठूलो हिस्सा नेपालमा समाजसेवामा खर्च गर्ने गरेको छ । अहिलेसम्म २० करोडभन्दा बढी विभिन्न सेवामुलक कामका लागि नेपाल पठाइसकेको उनीहरूले बताउने गरेका छन् ।

थापा दम्पतीका दुई छोरा र एक छोरी छन् । जेठा छोरा सुशील र छोरी तुलसा डाक्टर हुन् । कान्छा छोरा सुनील भने अमेरिकी सेनामा जागीर खाइरहेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x