कुलमानले सुनाए प्राधिकरणको उपलब्धि
कुलमानले सुनाए प्राधिकरणको उपलब्धि
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले गरेका उपलब्धिहरू सार्वजनिक गरेका छन्
शुक्रबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको अवसर पारी प्राधिकरणले गरेका उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।
८ वर्ष अगाडि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको उनले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८०/८१ मा मात्र खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको उनले जानकारी दिए । आव २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरण त्यसयता निरन्तर नाफामा गएको हो । यसबीचमा तीन पटक गरी २५ प्रतिशत विद्युत् महसुल घटाइएको भन्दै उनले प्राधिकरणले महसुल बढाएर नाफा नबढाएको समेत जानकारी दिए ।
WRITE COMMENTS FOR THIS ARTICLE