बाजुरामा एक यूवक लागू औषध सहित प्रहरीको नियन्त्रणमा


बाजुरा– बाजुराका एक यूवकलाई लागू औषध सहित प्रहरीले नियन्त्रणमा लिएको छ।
बुढिगंगा नगरपालिका एक युवकलाई लागूऔष खैरो हिरोइन सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रकाउ पर्नेमा बुढिगंगा नगरपालिका ५ का २५ बर्षिया बिनोद थापा रहेका छन ।
जिल्ला प्रही कार्यालय बाजुराले दिएको जानकारी अनुसार बुधबार राती बुढिगंगा नगरपालिका ६ फालासैनबाट लागू औषध (खैरो हिरोईन) को कारोबार बिक्रि बितरण गर्ने गरेको छ भन्ने गोप्य सुचानाको आधारमा नियन्त्रणमा लिएको हो ।
थापाको पसलमा चेकजाँच गर्दा ४ ग्राम ९७ मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नगद रु।३६ हजार २ सय ८० रुपियाँ सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE