बिहिबार, माघ ३०, २०८२
Thursday, February 12, 2026

टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदल सहमतिनजिक

टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदल सहमतिनजिक
  • 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

काठमाडौं : संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदल सहमतिनजिक पुगेको छ।

सिंहदरबारमा बसेको बैठकले अन्तिम रुप दिनको लागि आवश्यक परामर्श गर्ने निर्णय भएको कार्यदलका संयोजक महेश बर्तौँलाले बताए।

उनले भने, हामी यो बिषयलाई अन्तिम रुप दिँदैछौं। फाइनल गर्नको लागि केही रायहरु पनि सोमबारसम्म लिन्छौं। परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछ।

पीडितमैत्री, हिजोको सर्वोच्चको फैसला र अन्तराष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने उनले बताए। अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई बुझाउने बताए।

कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौँला र नेकपा माओवादी केन्द्रको तर्फबाट उपमहासचिव जनार्दन शर्मा छन्।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ। दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल सुरू भएपनि निष्कर्षमा पुगिसकेको छैन।

माओवादीका उपमहासचिव जनार्दन शर्माले पनि छलफल सैद्धान्तिक रुपमा सहमति नजिक रहेको बताए। आजै टुंग्याउने भनिएपछि बाँकी बिषयमा सरोकारवालाहरुलाई छलफल गरेर प्रतिवेदन तयार पार्ने उनले बताए।

उनले भने, ‘सैद्धान्तिक रुपमा हामी सहमतिकै ठाउँमा आइसकेका छौं। शब्द भाषाहरु मिलाउनेहिसाबले संविधान उपयुक्त बनाउँन बाँकी छन्। हामीले मुख्य कुरा पीडित केन्द्रित बनाउने नै भनेका छौं। मानवअधिकार उल्लंघन गर्नेहरुले सजाय पाउनुपर्छ भनेको छौं।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x