बिहिबार, जेष्ठ ३१, २०८१
Thursday, June 13, 2024

सयको नोटमा नेपालले चुच्चे नक्सा राख्ने निर्णयले रन्थनियो भारत

काठमाडौँ : सयको नोटमा नेपालले चुच्चे नक्सा राख्ने निर्णयले भारत तनावमा देखिएको छ। नेपाल सरकारको यस्तो निर्याण सार्वजनिक भएलगत्तै उता भारतमा भने भुकम्प नै गएझै खैलाबैला मच्चिएको अनुमान लगाउन सकिन्छ । नेपाल सरकारको यो निर्याण्का बिरुद्ध भारतिय सञ्चार माध्यम लगायत सरोकारवाला निकायका व्यक्तिहरुले एकतर्फि निर्णय भन्दैबिरोध जनाएका छन् ।

नेपाली एक सय रुपैंयाँको नोटमा नयाँ चुच्चे नक्सा प्रकाशित गर्ने नेपाल सरकारको निर्णयप्रति भारतले असन्तुष्टी जनाएको हो। नेपालले आफ्नो देशको चुच्चे नक्सालाई नोटमा समेत अंकित गर्ने निर्णय गरेको छ । केही दिन अघि भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको भुवनेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले जारी गरेको चुच्चे नक्साका विषयमा नयाँ दिल्लीको ‘पोजिसन’ स्पष्ट रहेको र नेपालले एकतर्फी निर्णय गरेको स्पष्ट पारेका छन् ।

विदेशमन्त्री जयशंकरले सीमा विवादबारे दुई देशबिच छलफल जारी रहँदा नेपालले गरेको एकतर्फी निर्णयले वास्तविकता परिवर्तन नहुने ठोकुवा गरेका छन् । उनले भनेका छन्, ‘मैले रिपोर्ट हेरेँ । मैले विस्तारमा त हेर्न पाएको छैन, तर यस विषयमा हाम्रो पोजिसन स्पष्ट छ । स्थापित मञ्चहरू मार्फत हामीले नेपालसँग सीमा विवादका विषयमा छलफल गरिरहेका थियौँ । यहीबिचमा नेपालले एकतर्फीरुपमा केही निर्णय गरेको छ ।’भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका पछिल्ला निर्णयले अवस्था र जमिनी वास्ताविकतामा परिवर्तन गर्न नसक्ने जिकिर गरेका हुन् । उ अर्कोतर्फ गरिएको निर्णयले उनीहरूले हामीबिचको अवस्था र जमिनी वास्तविकता परिवर्तन गर्न नसक्ने उनको भनाई थियो ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको १ सय रुपैयाँको नोटमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समावेश गरिएको चुच्चे नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै भारतका विदेशमन्त्रीले आफ्नो प्रतिक्रिया दिएपछि अहिले नेपालमा भारतको तिब्र आलोचना भइरहेको छ । नेपाली भुमी माथिको भारतिय हस्तक्षपका बिरुद्धसरकार गम्भिर हुनुपर्ने मागहरु जनस्तरबाटै उठिरहेका छन् । सरकारले यतिबेला घुँडा कमाउनुहुन्न, भारतले सार्वजनिक रुपमै नेपाल सरकारले एकतर्फि निर्याण् गर्दैमा परिवर्तन नहुने भनि दिएको धम्किपर्ण अभिव्यक्तिमा सरकार डराउनुुहन्न लगायतका सुझावहरु समेत सामाजिक सञ्जाल प्रयोगकर्ताहरु मात्रै नभई सामाजिक अभियान्तहरुले दिइरहेका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको भुवनेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले जारी गरेको चुच्चे नक्साका विषयमा नयाँ दिल्लीको ‘पोजिसन’ स्पष्ट रहेको र नेपालले एकतर्फी निर्णय गरेको भनि लगाएको आरोप र निर्णय गर्दैमा बास्तिविक परिवर्तन हुन नसक्ने भनि दिएको दबाबपुर्ण अभिव्यक्तिले भने थप आशंका पैदा गरेको छ। यतिमात्रै होइन कतै सरकारले भारतको चर्को दबाद सामना गर्न नसकेर निर्णय नै फिर्ता दिलने त हैन सम्मको चर्चा पनि भइहेको छ । उद्येपी सरकारले अब आफ्नो निर्णयमा अडिग रहन्छ वा निर्णयबाट ब्याक हुन्छ त्या भने हेर्न बाँकी नै छ।
भारतले नेपाललाई फेरि हेपेको भन्दै केहीले आफ्नो देशको नोटमा जे राखेपनि भारतलाई के मतलब भन्दै टिप्पणी गरेका छन् ।भारतसँग नेपाल कुनै हालतमा झुक्न नहुने भन्दै उनीहरुले यथाशक्य नोट प्रकाशित गरेर भारतलाई जवाफ दिनुपर्ने बताएका छन् । नेपालले सन् २०२० को मे महिनामा कालापानी, लिपुलेक, लिम्पियाधुरा लगाएतका क्षेत्र समेटेर चुच्चे नक्सा प्रकाशित गरेको थियो । त्यसअघि भारतले उसको देशको नक्सामा ती क्षेत्रहरूलाई समेत समावेश गरेपछि नेपालले नयाँ नक्सा सार्वजनिक गरेको थियो । यो विषयले केही समय नेपाल र भारतबीचको सम्बन्धमा तनावको स्थिती उत्पन्न भएको थियो ।

वि।सं २०३२ मा नेपालले प्रकाशित गरेको पूरानो नक्सामा गुन्जी, नाभी र कुरीलाई समावेश गरेको थिएन । नयाँ नक्सामा भने थप ३३५ वर्ग किलोमिटर क्षेत्रफल नेपालले आफ्नो नक्सामा राखेको थियो । त्यसपछि सन् २०२० को मे ८ मा भारतले लिपुलेक हुँदै कैलाश मानसरोवरसम्म नयाँ सडक उद्घाटन गरेपछि दुई देशबिचको तनाव थप बढेको थियो । नेपालले यसबारे आपत्ति जनाउँदै भारतलाई कूटनीतिक नोटसमेत पठाएको थियो । कूटनीतिक नोट पठाउनु अघि नेपालले सडक बनाउने भारतको एकतर्फी निर्णयको कडा रूपमा विरोध गरेको थियो ।

यस विषयमा भारतको विदेश मन्त्रालयले उक्त सडक उत्तराखण्डको पिथौरागढ जिल्लामा निर्माण हुने र उक्त क्षेत्र भारतीय भूभागभित्र पर्ने स्पष्टीकरण दिएको थियो । तर, त्यसको जवाफमा नेपालले लिपुलेक लगाएतका नेपाली भूमी नछाड्ने बताउँदै नयाँ चुच्चे नक्सा सार्वजनिक गरेपछि भारत चिढिएको थियो । भूकम्पपछिको समयमा नेपालमाथि नाकाबन्दी नै गरेको भारतले यो घटनापछि पनि त्यस्तै कुनै कदम चाल्न सक्ने अनुमान गरिएपनि त्यो आँट भने गरेको थिएन । अहिले सय रुपैंयाँको नोटमा चुच्चे नक्सा प्रकाशित गर्ने नेपालको निर्णयले फेरि एकपटक भारत रन्थनिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x