जुम ब्युटी एकेडेमीले नयाँ प्रोडक्ट लन्च गर्दै
जुम ब्युटी एकेडेमीले नयाँ प्रोडक्ट लन्च गर्दै


काठमाडौं : भारतका बहुचर्चित ब्राण्ड अमायाले आफ्नो नयाँ हेयर केयर एण्ड हेयर ट्रिटमेन्ट सेग्मेन्टको केराटिन ट्रिटमेन्ट, बोटक्स ट्रिटमेन्ट तथा नानोप्लाष्टिया ट्रिटमेन्टका उत्पादन जूम ब्यूटि एकेडेमीको मुख्य कार्यालयमा लन्चिङ गरिएको छ ।
जुम ब्यूटी एकेडेमीकी संस्थापक एवं सिईओ जुनु चक्रधर र एकेडेमीका अध्यक्ष एवं मोटिभेसनल स्पीकर कृषप त्वानावासुवाट अमाया ब्राण्डका प्रिमियम भिगन हेयर प्रोडक्टहरु केराटिन, बोटक्स, नानो प्लाष्टिया ट्रिटमेन्टका साथै हेयर केयरका अन्य भिगन उत्पादनहरु पनि लन्चिङ भएका हुन् ।
कार्यक्रममा ईण्डियाबाट अमाया प्रोडक्टका संस्थापक कल्याण वोश, अमाया नेपालवाट प्रकाश बराल, नेपाल ईम्पोर्टर (कविस इंण्टरनेशनल) बाट कविन्द्र रेग्मी लगायतको उपस्थिती रह्यो। अमाया एउटा संस्कृत शब्द हो जसको अर्थ शुद्ध केहि मिसावट नभएको भन्ने बुझिन्छ ।
नाम अनुसार नै अमायाका सबै स्कीन केयर, हेयर केयर, कलर, कस्मेटिक उत्पादनहरु डर्ट फ्रि, हार्म केमिकल फ्रि छन् भने अमायाका सबै उत्पादनहरु भिगन हुन् । केराटिन, वोटक्स एवं नानो प्लाष्टिया कपालको ट्रिटमेन्ट हो जसले कपाललाई चाहिने आवश्यक सप्लिमेन्ट पूरा गरेर कपाललाई सिधा तथा स्वस्थ बनाउन मद्दत गर्दछ। नानो प्लाष्टियाले कपालको सुक्ष्म ढंगले ट्रिटमेन्ट गर्दछ । यो उत्पादन नेपाल तथा ईण्डियामा इमर्जिङ अवस्थामा छ ।
नेपालका लागि यसको आधिकारिक विकेता कविस इंण्टरनेशनल, विर्तामोड हो भने काठमाडौ उपत्यकाको लागि जूम ब्यूटि एकेडेमी आधिकारिक विकेता रहेको अमायाका संस्थापक तथा रियोन रिटेल क्याटलिस्टका आधिकारिक व्यक्ति श्री कल्याण बोशले घोषणा गर्नुभयो । आजबाट अमाया ब्राण्डका सबै सामानहरु सुपथ मुल्यमा जूम ब्यूटि एकेडेमी तथा यसका १२ वटै शाखाहरुमा उपलब्ध छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE