नदीमा बेपत्ता अर्का बालकको पनि शव फेला
नदीमा बेपत्ता अर्का बालकको पनि शव फेला

काठमाडौँ: बुटवलको तिनाउ नदिमा बगेर बेपत्ता भएका ८ वर्षीय बालकको पनि शव फेला परेको छ।
बुटवल उपमहानगरपालिका वडा नं ११ सृजनानगरमा रहेको आफन्तकोमा भेट्न आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रवार साँझ बेपत्ता भएका थिए।
बरेङ गाउँपालिका वडा नं ४ बाग्लुङ घर भई सृनानगर बस्ने १२ वर्षीय विवश खत्री शुक्रबार राती नै खोलामा मृत फेला परेका थिए भने सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे बेपत्ता थिए ।
शुक्रबार रातभर खोजी गर्दा पनि फेला नपरेपछि शनिबार बिहानदेखि पुनः खोजी सुरू गरिएको थियो। बिप्रनलाई शनिबार बिहान झण्डापुर स्थित तिनाउ नदिमा मृत फेला पारिएको बुटवल उपमहानगरपालिका(११ वडा सदस्य नकुल शाही ठकुरीले जानकारी दिए।
मृतक दुबै बालक दिदिबहिनीका छोरा हुन्। उनिहरु आफ्नी आमाहरुसँग सानी आमाको घर आएका थिए।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदीमा पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का सात वर्षीय बालकले आफन्तलाई खबर गरेका थिए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE