सुदूरपश्चिममा उदाउँदै भोजराज जोशी, संसदमा देख्न चाहन्छ जनता
सुदूरपश्चिममा उदाउँदै भोजराज जोशी, संसदमा देख्न चाहन्छ जनता

सुदूरपश्चिम प्रदेशमा भोजराज जोशी परिचित नाम हुन्। समाजसेवामा सक्रिय, क्षमतावान र निडर युवाका रूपमा चिनिएका जोशी पछिल्लो समय राजनीतिमा उदाउँदै गरेका निश्कलंक व्यक्तित्वका रूपमा देखिँदै आएका छन्।
निस्वार्थ र सहयोगी स्वभावका जोशी युवामाझ निकै लोकप्रिय छन्। गरिब, दिनदुखी र साहाराविहीनका लागि सहयोगी हात बन्दै आएका उनी परिवर्तनको आवाज बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री हुन्। पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा स्थापित रास्वपाको संगठन विस्तारमा उनले सुरुदेखि नै सक्रिय भूमिका खेल्दै आएका छन्।
रास्वपाको उदयसँगै जोशीले आफ्नो गृहजिल्ला बैतडी मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशमा संगठन विस्तारलाई तीव्रता दिएका छन्। देशले परिवर्तन खोजिरहेको र युवाहरूले नयाँ अनुहारको अपेक्षा गरिरहेका छन् भन्ने सन्देशलाई उनले नागरिकको घरदैलोसम्म पुर्याउँदै आएका छन्।
परम्परागत दलहरूप्रति नागरिकको विश्वास कमजोर हुँदै गएको अवस्थामा पनि जोशीले रास्वपाको संगठनलाई सशक्त बनाउँदै लगेका छन्। उनको सरलता, कार्यशैली र क्षमताको सम्मान गर्दै नागरिकहरूले उनलाई संसदमा देख्न चाहेको प्रतिक्रिया बढ्दै गएको छ। सामाजिक सञ्जालमा समेत ‘भोजराज जोशीलाई सांसद बनाउनुपर्छ’ भन्ने अभियान चलिरहेको छ।
युवाहरूको यही आह्वानलाई स्वीकार गर्दै भोजराज जोशी बैतडी जिल्लाबाट रास्वपाको समानुपातिक उम्मेदवार बनेका छन्। समग्र जिल्लाको विकास र निर्माणको जिम्मेवारी यही पुस्ताको काँधमा रहेको बताउँदै उनले “हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने?” भन्ने भावनासहित संसदतर्फको यात्रा सुरु गरेका छन्।
परिवर्तन चाहने सम्पूर्ण नागरिकबाट साथ र सहयोगको अपेक्षासमेत जोशीले व्यक्त गरेका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE