सोमवार, माघ ७, २०८१
Monday, January 20, 2025

पर्यटन मन्त्रीले करोड घुस लिएर क्यासिनो लाइसेन्स दिएको कांग्रेस सांसद बजगाईँको दाबी

पर्यटन मन्त्रीले करोड घुस लिएर क्यासिनो लाइसेन्स दिएको कांग्रेस सांसद बजगाईँको दाबी
  • 2K
  • 200
  •  
  • 70
  •  
  •  
  •  
    2.3K
    Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले करोड रकम लिएर क्यासिनोको लाइसेन्स बाँडेको दाबी गरेका छन् ।

प्रसिद्ध पर्यटन व्यवसायी समेत रहेका गोरखा १ बाट निर्वाचित सांसद बजगाईँले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा घुस खाएको आरोप लगाएका हुन् ।

बजगाईँले क्यासिनो सञ्चालन अनुमतिपत्र समेत सार्वजनिक गर्दै भनेका छन्- एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको पुष्टि गरे । मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देशन गर्‍यो । उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो । मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थेँ सभापति र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छ । यो झुट हो किनभने सभापति ,गृह ,परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै गर्दा १५ सांसद साक्षी छौं ।
पछिल्लो समय सांसद बजगाईँले पर्यटनमन्त्री असफल, असक्षम र नालायक भएको भन्दै हवाई टिकट कालोबजारीविरुद्ध माइतीघरमा प्रदर्शन समेत गरेका थिए ।

उनले क्यासिनो सञ्चालन अनुमति दिँदा घुस खाएको आरोप लगाएपछि यो विवाद थप बढ्ने देखिएको छ । पाण्डे मन्त्री भएपछि साउनमा क्यासिनोले अनुमति पाएको देखिन्छ ।

क्यासिनो सञ्चालन अनुमतिपत्र लिँदा ४ करोडसम्म घुस लिने दिने प्रचलन छ । आफूले भैरहवा विमानस्थल चलाउन पूर्व तयारी भएन भन्दा मन्त्रीले आफ्नोविरुद्ध सामाजिक संजालमा स्पोन्सर प्रचार गरेको आरोप समेत लगाएका छन् ।

टाइगर प्यालेस होटल आफैँमा विवादमा छ । सार्वजनिक जग्गा मिचेर बनाएको होटलको विक्री तथा हक हस्तान्तरण नगरी यथास्थितिमा राख्न अदालतले आदेश दिएको छ । तर केही कांग्रेस नेताको रोहबरमा बुद्धि सुवेदीलगायत गैरआवासीय नेपालीहरूको एउटा समूहले विदेशमै सो होटल किनबेच गरेको थियो ।

त्यसमा अनुसन्धान गर्न अख्तियारले राष्ट्रबैंकले निर्देशन समेत दिएको छ । सोही होटललाई क्यासिनो अनुमतिपत्र दिँदा मन्त्रीले करोड करोड घुस लिएको आरोप सांसद बजगाईँले लगाएका छन् ।
सो होटलको क्यासिनोले रोयल्टी नबुझाएपछि तत्कालीन मन्त्री प्रेम आलेले बन्द गराएका थिए । रोयल्टी नतिरी विदेश भाग्न लागेका क्यासिनो सन्चालक माइक बोल्सेभरलाई विमानस्थलबाट फर्काएर रोयल्टी तिराइएको थियो ।

केही दिनअघि मन्त्री पाण्डेले सभापति शेरबहादुर देउवालाई भेटेर सांसद बजगाईँलाई सम्झाइदिन भनेका थिए । तर देउवाले ‘त्यसलाई त म केही भन्दिन यार’ भन्ने जवाफ दिएको प्रत्यक्षदर्शीले बताए ।

मन्त्री पाण्डेले कांग्रेसका कुन नेताको घरमा पैसा पठाउन लगाए भन्ने सांसद बजगाईले खुलाएका छैनन् । मन्त्री पाण्डेमाथि पर्यटन बोर्डको सिइओ नियुक्तिमा समेत पैसा खाएको आरोप छ । यद्यपी पाण्डेले भने गुटको नेताले भनेर नियुक्ति गरेको भन्दै पैसा आफूले नलिएको जिकिर गरेको बताइन्छ ।

स्रोत: Nepal Press

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x