सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

त्रिभुवन विमानस्थलमा बेथिति रोक्न गृहमन्त्री गृहमन्त्री सुधन गुरुङ आफैं मैदानमा

त्रिभुवन विमानस्थलमा बेथिति रोक्न गृहमन्त्री गुरुङ आफैं मैदानमा

गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि लामो समयदेखि उठ्दै आएको गुनासोप्रति सरकार गम्भीर बनेको संकेत देखिएको छ।

सर्वसाधारणले बारम्बार विमानस्थलमा अनावश्यक जाँच, ढिलासुस्ती र दुर्व्यवहारको गुनासो गर्दै आएका बेला गुरुङ साँझकै समयमा टोलीसहित स्थलगत अनुगमनमा निस्कनु महत्त्वपूर्ण कदम मानिएको छ। अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई कडा निर्देशन दिएका छन्।

विशेषगरी विदेशबाट दुःख गरेर फर्किएका नेपालीले आफ्नै देशको विमानस्थलमै हैरानी खेप्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। सामान्य लत्ताकपडा वा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच नगर्न पनि स्पष्ट निर्देशन दिइएको छ।

गृहमन्त्रीको यो कदमलाई विमानस्थल सेवामा सुधार ल्याउने सकारात्मक सुरुवातको रूपमा हेरिएको छ। अब व्यवहारमै परिवर्तन देखिन्छ कि देखिँदैन, त्यो भने कार्यान्वयनले नै पुष्टि गर्नेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x