मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

मृत भेटिए पाटेबाघ र एक सिंगे गैंडा

काठमाडौँ :  चितवन राष्ट्रिय निकुञ्जमा पाटेबाघ र एक सिंगे गैंडा मृत भेटिएका छन्।

निकुञ्जको कोर क्षेत्र भिमपुरमा बाघ र नवलपरासीको कावासोती(१५ स्थित मध्यवर्ती क्षेत्रमा गैंडा मृत भेटिएका हुन्। मृत गैंडाको खाग, खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मृत्यु भएको हुनसक्ने निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।

निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त गस्ती टोलीले मृत बाघ भेटेको उनले बताए। मृत बाघ र गैंडाको पोष्टमर्टम हुन बाँकी छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x