भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाल प्रवेश गरेको पाइयो– परराष्ट्रमन्त्री
भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाल प्रवेश गरेको पाइयो– परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको बताएका छन्।
बुधबार संघीय संसद राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जबाफ दिने क्रममा उनले मौसम खराब भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गरेको भन्ने जानकारी प्राप्त भएको बताएका हुन्।
‘सम्बन्धित निकायबाट हामीलाई प्राप्त जानकारी अनुसार भारतीय हेलिकप्टर नियोजित एवम् गलत मनशालयले नेपाली भूभाग प्रवेश गरेको नदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति एवम् मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बद्ध अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक समन्वय एवम् सम्पर्क भइरहेको छ,’ उनले भने।
उनले नेपालको सुपारी निर्यातमा देखिएको समस्या समाधान गर्न पनि सरकारले पहल गरिरहेको बताए। मन्त्री खनालले आफूले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सफल भएको दाबी गरे।
‘गत जेठमा मेरो भारत भ्रमणको क्रममा उच्चस्तरीय तहमा छलफल पनि भएको थियो । परिणामस्वरुप हाल यस समस्याको समाधान भई नेपाली चियाको भारत निर्यात सहज भएको कुरा जानकारी गराउन चाहन्छु । केही दिन अगाडि भारतले आफनो नीतिमा केही परिमार्जन गरेर हाम्रो निर्यातमा सहजीकरण भएको छ,’ उनले भने। – न्युज एजेन्सी नेपाल
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE