मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

जेठयता प्राकृतिक विपत्तिमा परी १४३ जनाको मृत्यु, ४७ बेपत्ता

जेठयता प्राकृतिक विपत्तिमा परी १४३ जनाको मृत्यु, ४७ बेपत्ता
  • 500
  • 100
  •  
  •  
  •  
  •  
  •  
    600
    Shares

काठमाडौं : नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठयता प्राकृतिक विपत्तिमा परी १४३ जनाको मृत्यु भएको छ ।

विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी सोमबार दिउँसोसम्म १४३ जनाको मृत्यु भएको र ४७ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो लगायतका विपद्‌बाट कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जनाको मृत्यु भएको छ ।गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनीमा २४ जना, कर्णालीमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

विपद्‌मा परी १६१ जना घाइते भएका छन् भने ७१ जनाको उद्दार गरिएको छ । यो अवधिमा विपद्का घटनाबाट ४ हजार ४२ घरपरिवार विस्थापित भएका छन् ।बाढीको कारण १८४ घर डुबानमा परेका छन् । २४१ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

६०८ वटा पशु चौपायको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x