कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नपाली कांग्रेसबीच गठबन्धन बनेकै दिनदेखि देशमा राजनीतिक दुर्घटनाको खतरा बढेको दाबी गरेका छन् ।
‘पहिलो र दोस्रो दल संसद्का मिलेर त्यस किसिमले गठबन्धन बनाए दिनदेखि नै देशमा राजनीतिक दुर्घटनाको खतरा बढेकै छ,’ प्रचण्डले भने, ‘गएको ६ महिना सरकारका क्रियाकलापले पनि राजनीतिक दुर्घटनातिर गएकै छ ।’
सदन बोलाउनुपर्ने बेलामा अध्यादेश ल्याएको र समितिमा विचाराधिन विधेयक फिर्ता नगरी अध्यादेश जारी भएकाले कानुन मिचिएको प्रचण्डको दाबी थियो ।
‘सदनमा प्रस्तुत भएर समितिमा रहेको विधेयकलाई सदनबाट मात्रै फिर्ता लिन सकिन्छ । त्यो फिर्ता नगरी त्यस्तो विधेयकमा पनि अध्यादेश ल्याउने कुराले देशलाई राजनीतिक दुर्घनातिर धकेल्दै छ भन्ने प्रष्ट देखिएको छ,’ प्रचण्डले भने ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE