बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

वार्ताले खोल्यो चुनावको बाटो सबै पार्टी तयार रहेको देउवाको दाबी सत्ता र प्रतिपक्षबीच

वार्ताले खोल्यो चुनावको बाटो सबै पार्टी तयार रहेको देउवाको दाबी सत्ता र प्रतिपक्षबीच
  • 300
  • 30
  •  
  • 40
  •  
  •  
  •  
    370
    Shares

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीसँग भएको वार्तापछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले देशका प्रमुख राजनीतिक दलहरू निर्वाचनमा जान सहमत भएको बताएका छन्। भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले वर्तमान राजनीतिक अन्योल अन्त्य गर्दै समयमै चुनाव गराउने विषयमा साझा समझदारी बनेको उल्लेख गरे।

उनका अनुसार सरकारले निर्वाचनको वातावरण बनाउन आवश्यक तयारी अघि बढाइरहेको छ भने दलहरूबीच सहकार्य र संवाद सकारात्मक दिशातर्फ गएको छ। देउवाले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचनका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री कार्कीसँगको छलफलमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको मिति, कानुनी तथा प्राविधिक तयारीका विषयमा समेत विस्तृत छलफल भएको बताइएको छ। सरकार र दलहरूबीच सहमतिका आधारमा मुलुकलाई निर्वाचनतर्फ लैजाने प्रक्रिया तीव्र बनाइने संकेत देखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x