राप्रपा उम्मेदवार कुन्ती पोख्रेल: धर्म, संस्कृति र राष्ट्रिय स्थायित्वलाई प्राथमिकता
राप्रपा उम्मेदवार कुन्ती पोख्रेल: धर्म, संस्कृति र राष्ट्रिय स्थायित्वलाई प्राथमिकता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट कुन्ती पोख्रेललाई उम्मेदवार बनाएको छ। पार्टीले सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको एजेन्डालाई प्रमुख राजनीतिक मुद्दाका रूपमा अघि सार्दै पोख्रेललाई मैदानमा उतारेको हो।
राप्रपाका अनुसार वर्तमान राजनीतिक व्यवस्थाले जनअपेक्षा पूरा गर्न नसकेको निष्कर्षसहित धर्म, संस्कृति, राष्ट्रिय पहिचान र स्थायित्वलाई केन्द्रमा राख्ने वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्न पोख्रेललाई उम्मेदवार बनाइएको हो।
उम्मेदवारी घोषणा भएपछि पोख्रेलले काठमाडौं–२ का मतदातासँग प्रत्यक्ष संवादमार्फत सनातन हिन्दु मूल्य–मान्यता, राष्ट्रिय एकता, सुशासन र जनजीविकाका सवाललाई संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले राजनीति सत्ता केन्द्रित नभई राष्ट्र, धर्म र जनताको पक्षमा हुनुपर्ने धारणा राखिन्।
राप्रपाले आगामी दिनमा घरदैलो अभियान, सांस्कृतिक कार्यक्रम र वैचारिक बहसमार्फत काठमाडौं–२ मा चुनावी माहोल थप सशक्त बनाउने तयारी गरिरहेको जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE