बिहिबार, फाल्गुन २८, २०८२
Thursday, March 12, 2026

रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलाई प्रधामन्त्री बन्ने भूत चढेको छः सन्तोष परियार

रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलाई प्रधामन्त्री बन्ने भूत चढेको छः सन्तोष परियार
  • 200
  • 30
  •  
  • 40
  •  
  •  
  •  
    270
    Shares

काठमाडौं — प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) पार्टीका नेता सन्तोष परियारले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलाई लक्षित गर्दै उनीहरूमा प्रधानमन्त्री बन्ने महत्वाकांक्षा हाबी भएको टिप्पणी गरेका छन्। एक सार्वजनिक कार्यक्रममा बोल्दै परियारले पछिल्लो समय केही व्यक्तिहरूमा सत्ता मोह हावी भएको आरोप लगाए।

उनले भने, “रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलाई प्रधानमन्त्री बन्ने भूत चढेको छ। लोकप्रियता र चर्चाका आधारमा मात्रै देश चल्न सक्दैन।” परियारका अनुसार शासन प्रणाली, राजनीतिक अनुभव र संस्थागत प्रक्रियालाई कमजोर पार्ने खालका अभिव्यक्तिहरू मुलुकका लागि घातक हुन सक्छन्।

परियारले सामाजिक सञ्जाल र जनआक्रोशको भरमा राजनीति गर्न खोज्नु दीर्घकालीन समाधान नभएको भन्दै जिम्मेवार राजनीतिक व्यवहार आवश्यक रहेको बताए। उनले लोकतान्त्रिक अभ्यास, दलगत प्रणाली र संवैधानिक मर्यादाभित्र रहेर राजनीति अघि बढाउन सबैलाई आग्रह गरे।

उनको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ भने सामाजिक सञ्जालमा समेत यस विषयमा बहस सुरु भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x